३ श्रावण,२०७२ (१९ जुलाइ, २०१५)
नेपालको राजनीतिक अवस्थालाई यहाँसम्म ल्याइपुर्याउन नेपाली महिलाले गरेको योगदान अतुलनिय छ । तर संविधानसभाले संविधानमार्फत नेपाली महिलाका अधिकारलाई पूर्ण रुपमा स्थापित गर्न नसकेको ठहर महिला अधिकारकर्मीहरुको छ । उनीहरुले नेपालको संविधानको मस्यौदा २०७२ माथि आफ्नो फरक मत जाहेर गरेका छन् ।
द स्टोरी किचेनले ४० जना भन्दा बढी महिलाअधिकारकर्मीहरुको फरकमतलाई अभिलेखिकरण गरेको छ । उनीहरुको विचार, व्याख्या र विश्लेषण छुट्टाछुट्टै सुन्न,हेर्न र बुझ्नका लागि वर्णानुक्रममा लेखिएका तलका नाम अनुसारका फोटोहरुमा थिच्नुहोला ।